विपना र वर्षासहितका कलाकार लिएर ‘बाकस’को छायांकन सुरु


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० कात्तिक

नेपाली चलचित्र ‘बाकस’को छायांकन कास्कीको रमणीय पर्यटकीय क्षेत्र धम्पुसबाट सुरु भएको छ। नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी र भोलाराज सापकोटासहितका कलाकारले अभिनय गर्दैछन्।

पीके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा हिउँवाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको पनि अभिनय रहनेछ। यसैगरी बाल कलाकार सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत कलाकार चलचित्रमा देखिनेछन्।

सुजिता चौलागाईं निर्माता रहेको चलचित्रमा राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माताका रूपमा छन्। चलचित्रको कार्यकारी निर्मातामा धीरेन्द्र पन्त (धिरुभाइ) रहेका छन्।

चलचित्रमा महेश पौडेलको छायांकन रहनेछ भने द्वन्द्व निर्देशन किरण दाहालले गर्नेछन्। कोरियोग्राफीको जिम्मेवारी सियोन श्रेष्ठले सम्हाल्नेछन्। चलचित्रमा दीपक शर्मा र सनम पुरुष राईले संगीत दिनेछन्। त्यस्तै, मणि तामाङ मुख्य सहायक निर्देशकका रूपमा छन् भने सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सहायक निर्देशकका रूपमा रहनेछन्।

चलचित्रको शृङ्गार उर्मिला लामा, हेयर अस्मिता सापकोटा, स्थिर फोटोग्राफी लक्ष्मण पाण्डे र पोस्टर डिजाइन आईडलले गर्नेछन्। प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने रहेका छन् भने ज्योति केसी र निराजन घिमिरेले पोसाक डिजाइनको जिम्मेवारी सम्हाल्नेछन्।

लेखन तथा निर्देशन नवीन पन्तको रहेको ‘बाकस’को छायांकन धम्पुसबाट सुरु भएसँगै चलचित्र निर्माणको काम अघि बढेको छ।