ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० भदौ
रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीबाट भएको जनधनको क्षतिपछि उत्पन्न विषम परिस्थितिका कारण यस वर्षको १३औँ छायाँछवि तीज म्युजिक अवार्ड तत्काल आयोजना हुन नसके पनि अवार्डको नतिजा सार्वजनिक गरिएको छ। छायाँछवि क्रियशनले नियमित रूपमा आयोजना गर्दै आएको अवार्डको नतिजा सार्वजनिक गर्दै पुरस्कृत सर्जक तथा सिर्जनालाई पछि छुट्टै कार्यक्रममार्फत पुरस्कार तथा सम्मान प्रदान गरिने जनाएको हो।
छायाँछवि क्रियशनले नेपाली चलचित्र, गीत–संगीत तथा मनोरञ्जनका विभिन्न विधाको विकास र प्रवद्र्धनमा काम गर्दै आएको छ। सोही क्रममा तीज गीत–संगीतको क्षेत्रमा योगदान पुर्याउने सर्जक तथा कलाकारलाई सम्मान गर्दै हरेक वर्ष छायाँछवि तीज म्युजिक अवार्ड आयोजना हुँदै आएको छ।
यस वर्ष भने देशमा आएको विपत्तिका कारण अवार्ड समारोह आयोजना गर्ने वातावरण नरहेको आयोजकले जनाएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि आम नेपाली शोक र संवेदनाको अवस्थामा रहेकाले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न उपयुक्त नदेखिएको आयोजकको भनाइ छ। ‘तीज अवार्ड मनोरञ्जनसँग सम्बन्धित कार्यक्रम भएकाले अहिलेको अवस्थामा आम नेपालीको मानसिक अवस्था र देशको परिस्थितिलाई मध्यनजर गर्दै तत्काल कार्यक्रम गर्न सकेनौँ। तर अवार्डको निरन्तरता भने रोकिएको छैन,’ अवार्डका अध्यक्ष शान्तिप्रियले बताए।
उनका अनुसार विपत्तिको पीडा अझै ताजा रहेकाले यस वर्ष तत्काल भव्य समारोह आयोजना गर्नुभन्दा नतिजा सार्वजनिक गर्ने निर्णय गरिएको हो। अवार्डकी संयोजक कृष्णा आचार्य ‘रोशनी’ले सार्वजनिक गरिएको नतिजाअनुसार पुरस्कृत हुने सर्जक, कलाकार तथा सिर्जनालाई केही समयपछि छुट्टै कार्यक्रम आयोजना गरी अवार्ड तथा सम्मान प्रदान गरिने जानकारी दिइन्। छायाँछवि तीज म्युजिक अवार्डले प्रत्येक वर्ष तीज गीत–संगीतको क्षेत्रमा सक्रिय सर्जक तथा कलाकारलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ।
१३र्औं छायाँछवि तीज म्युजिक अवार्डको नतीजा यसप्रकार रहेको छ :
१. सर्वोत्कृष्ट तीज गीत मिक्सिङ
– प्रकाश मिश्र – छम छम नाचीदेउ
२. सर्वोत्कृष्ट तीज गीत एरेञ्जर
– विपिन आचार्य – छमछमी नाचौं न
३. सर्वोत्कृष्ट तीज गीत मोडल नव प्रतिभा
– आशा कार्की – मेरो माया जुनीभरिलाई
४. सर्वोत्कृष्ट तीज गीत मोडल पुरुष
– सुमन सागर जङ्ग केसी – मेरो माया जुनीभरिलाई
५. सर्वोत्कृष्ट तीज गीत मोडल महिला
– झरना रीसाल – माईतिघरको आगन
६. सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
– गम्भीर बिष्ट – लाली लपक्कै
७. सर्वोत्कृष्ट तीज गीत शब्द
– दीपक शर्मा – नौरति फूली
८.सर्वोत्कृष्ट तीज गीत लय
– मनु पन्त – जन्मेर हुर्केको घर
९. सर्वोत्कृष्ट मौलिक तीज गीत लय
– शंकर थापा स्माइल – रानीहार
१०. सर्वोत्कृष्ट दोहोरी तीज गीत गायिका
– नीशा सुनार – लाली लपक्कै
११. सर्वोत्कृष्ट दोहोरी तीज गीत गायक
– प्रकाश सपुत – लाली लपक्कै
१२. सर्वोत्कृष्ट तीज गीत गायिका
– सरीता भारती – भिजायो फरीया बर्खैले
१३ सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका
– गंगा गौतम – नक्कल पार्ने बानी
१४. सर्वोत्कृष्ट तीज गीत
– एक बर्षमा एक चोटी (अञ्जु श्रेष्ठ)
१५. सर्वोत्कृष्ट तीज गीत जुरी
– रश्मी पाण्डे – ह्वीस्की फोरिन्छ






