ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ भदौ
परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा सञ्चालन भएको ‘डिएसए स्टार सिजन–२०’को फिनाले सम्पन्न भएको छ । राष्ट्रिय नाचघर, जमलमा आयोजित फिनालेमा विभिन्न विधामा प्रतिस्पर्धा गरेका बालबालिकामध्ये उत्कृष्टलाई विजेता घोषणा गरिएको हो ।
प्रतियोगिताअन्तर्गत ‘मिनी डान्सिङ स्टार’को उपाधि इभा न्यौपानेले जितिन् । स्वर्ण महर्जन फस्ट रनरअप, प्रिसा डंगोल सेकेण्ड रनरअप र रुही कनौया थर्ड रनरअप घोषित भए ।
‘जुनियर डान्सिङ स्टार’तर्फ दिक्षा खड्का विजेता बनिन् । कृषा श्रेष्ठ फस्ट रनरअप, एलिज्ना प्याकुरेल सेकेण्ड रनरअप, सराया मल्ल थर्ड रनरअप, इथन महर्जन फोर्थ रनरअप, हेजल श्रेष्ठ फिफ्थ रनरअप, बिबिशा महर्जन सिक्स्थ रनरअप, परिश्री रिजाल सेभेन्थ रनरअप र मायिरा बानियाँ एट्थ रनरअप भए ।
यसैगरी ‘प्री–टिन डान्सिङ स्टार’को उपाधि सान्सा नेपालले हात पारिन् । सुभेक्षा दानी फस्ट रनरअप, समीक्षा रायमाझी सेकेण्ड रनरअप, निभा कायस्थ थर्ड रनरअप, प्रिन्जला खाती फोर्थ रनरअप, यरिका गुरुङ फिफ्थ रनरअप, फराह खान सिक्स्थ रनरअप, माहिरा पाण्डे सेभेन्थ रनरअप, रितु तामाङ एट्थ रनरअप र आर्मित्मा गाहा मगर नाइन्थ रनरअप बने ।

‘सिङ्गिङ स्टार’तर्फ अमृता सुनवारले शीर्ष उपाधि जितिन् । सुनाक्षी दियाली फस्ट रनरअप, अभिषेक श्रेष्ठ सेकेण्ड रनरअप, श्रेयन थापा थर्ड रनरअप र प्रसन्न श्रेष्ठ फोर्थ रनरअप घोषित भए ।
त्यस्तै, ‘डिएसए एक्टिङ स्टार’को उपाधि साइमन महर्जनले जित्दा निर्विघ्न घिमिरे फस्ट रनरअप, म्याक्स थापा सेकेण्ड रनरअप र डाइलन श्रेष्ठ थर्ड रनरअप बने ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी ८५ जना बालबालिकालाई काठमाडौंको बालाजुस्थित समृद्धि स्कुलमा एक महिनासम्म विभिन्न विधा तथा विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणपछि उनीहरूलाई सम्बन्धित विधामा प्रतिस्पर्धा गराइएको हो ।
नेपाल प्रहरीका एआईजी डम्बरबहादुर विकको प्रमुख आतिथ्यतामा फिनाले सम्पन्न भएको थियो । प्रतियोगिताको निर्णायकमा कवि तथा लेखक युवराज सुवेदी, सशस्त्र प्रहरीका पूर्वडीआईजी कृष्णभक्त ब्रह्माचार्य, गायिका मनीषा पोखरेल तथा निर्देशक एवं कोरियोग्राफर मौसम हिमाली रहेका थिए ।
परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सोनिया जीआरका अनुसार प्रतियोगिताका विजेताले म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसँगै सन् २०२७ मा जर्जियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गर्नेछन् । हाउसका निर्देशक राज बराइलीले बालबालिकामा रहेको प्रतिभालाई पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।






