पाँच हाइड्रोका सुरुङमा उद्धार केन्द्रित


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ भदौ

भोटेकोशी त्रिशुली बाढीपछि चार दिन देखि आफन्तहरु विभिन्न हाइड्रो भित्र फसिरहेको भन्ने गुनासो वेपता भएकाहरुको आफन्तबाट आईरहेको छ । उनीहरुको आवाजलाई मध्यनजर राख्दै सरकारले शनिबारबाटै विभिन्न हाइड्रोमा खोजी केन्द्रित गरेको छ । यसै क्रममा माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, रसुवा–भोटेकोसी, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार केन्द्रित गरिएको छ ।

विशेषगरी त्रिशूली–३ ‘ए’ मा उद्धारलाई प्राथमिकता दिइएको छ, जहाँ ९३ जना उद्धारकर्मी परिचालन गरिएको छ । चिलिमे र लाङटाङमा भारतीय तथा भोटेकोशी आयोजनामा चिनियाँ विज्ञ टोलीले समेत सहयोग गरिरहेका छन् ।

यता त्रिशूली–३ ‘ए’ को सुरुङको मुख भर्टिकल होलभन्दा करिब आठ मिटर तल फेला परेको छ । उद्धार टोलीले सुरुङभित्र हावा पठाउने तथा बाटो खोल्ने काम अघि बढाएको छ । तर, आयोजनास्थलमा पुनः बाढी आएर नदीको जलसतह बढेपछि उद्धारमा थप चुनौती देखिएको छ । प्रतिकुल मौसमको कठिनाइ बिच पनि शनिबार देखि स्वदेशी र विदेशी उद्धारकर्मीहरु यो कार्यमा निरन्तर जुटिरहेका छन् ।