भोटेकोशी त्रिशुली बाढीमा १६२ जनाको शव फेला


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ भदौ

बुधबार बिहान भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा परेर हालसम्म बेपत्ता भएकाहरु मध्ये १६२ जनाको शव फेला परेको छ । नेपाल प्रहरी बुलेटिनअनुसार बिहीबार बिहान ५ बजेसम्मको ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ । अझै धेरै बेपत्ता भएकाले गर्दा यो संख्या बढ्ने क्रम जारी छ ।