ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ साउन
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिणा ताम्राकार र उपकुलपतिमा ललितपुरका चन्द्र श्याम डंगोल नियुक्त भएका छन् । नेपाल सरकार मन्त्री परिषदको बुधबार बसेको बैठकले उनको नेतृत्वमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिषद पदाधिकारी चयन गरेको हो ।
जस अन्तर्गत नेपाल ललितकला प्रतिष्ठानको सदस्य सचिवमा दोलखाका कैलाश कुमार श्रेष्ठ नियुक्त भएका छन् । यस्तै सो प्रतिष्ठानको परिषद सदस्यहरुमा जुपिटर प्रधान, कुबिर देवान, संगी श्रेष्ठ, ध्रुबराज शर्मा, ओमप्रकाश यादव र बिणा पौड्याल नियुक्त भएका छन् ।
संस्कृति मन्त्रीको अध्यक्षतमा गठित पदाधिकारी सिफारिस समितिले दुई साता अघि गरेको सिफारिसको आधारमा यी परिषद पदाधिकारीहरु बुधबार चयन हुन् । मन्त्री परिषदले बुधबार बसेको बैठकले उनीहरुलाई सम्बन्धित पदमा चार वर्षको लागि प्रतिष्ठानमा गरेको हो । उनीहरुले सोमबारबाट आफ्नो कार्यभार सम्हाल्ने छन् ।




