ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ साउन
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नाट्यकर्मी, अभिनेता लेखक, गीतकार ब्रजेस खनाल र उपकुपतिमा मन्धुम विशेषज्ञ गायिका संगीतकार एवम अनुसन्धानकर्ता झुमा लिम्बु वनेम नियुक्त भएका छन् । आज बसेको मन्त्री परिषदको बैठकले कुलपतिसहित प्रतिष्ठानको प्रज्ञा परिषद नियुक्त गरेको छ ।

चार वर्षको लागि यस प्रतिष्ठानको सदस्य सचिवमा संगीतकार भुपेन्द्र रायमाझी एवम् परिषद सदस्यहरुमा गायिका रेखा शाह गुरुङ, नाट्यकर्मी जितबहादुर देउवा, सरस्वती चौधरी, गीतकार राजन मुकारुङ, सुबिमा श्रेष्ठ र छेन्दोक हाङ राई रहेका छन् ।
रास्वपा सरकारले यी पदको लागि दर्खास्त आह्वन गरे पनि उपयुक्त व्यक्तहरुको दर्खास्त नपरेपछि यी नाट्य संगीतकर्मीहरुलाई नियुक्ती गरेको बताइएको छ ।



