विभिन्न व्यक्तित्वलाइ सम्मानसहित मिडिया ठाँटीले मनायो तेस्रो बार्षिक उत्सव


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ साउन

मिडिया ठाँटी प्रा.लि.को काठमाडौँमा विभिन्न कार्यक्रम आयोजना गर्दै आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । सोही समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई ‘मिडिया ठाँटी सम्मान–२०८३’ पनि प्रदान गरिएको छ ।

अवसरमा कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले कार्यक्रमलाई सम्बोधन गर्दै मिडिया ठाँटीलाई अझ धेरै सफलताको शुभकामना दिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै जस्तोसुकै कठिन परिस्थितिमा पनि सत्य, निष्पक्षता र जिम्मेवार पत्रकारिताबाट विचलित नहुन सञ्चारकर्मीलाई आग्रह गरे ।

उनले पछिल्लो समय सामाजिक सद्भाव खलबल्याउन सक्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक एकता, शान्ति र समृद्धिका लागि सबै नागरिकले आ–आफ्नो स्थानबाट इमानदार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सम्मानितहरुलाई खरेल र मिडिया ठाँटी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत दामोदर भट्टले सम्मान प्रदान गरेका थिए ।

समारोहमा सम्मानित हुनेहरूमा साहित्यकार सरस्वती ज्ञवाली र शोभा अधिकारी, शिक्षासेवी मथुरा थापा र गोपीकृष्ण न्यौपाने, धर्मगुरु धर्मपाल गुरु वशिष्ठ, अधिवक्ता कुमारप्रसाद भट्टराई र लीलादेवी धमला, मानव कल्याण समाजकी अध्यक्ष माता सुमी मानव, गृह श्रमिक सरोकार समाज नेपालकी अध्यक्ष प्रभा पोखरेल, राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाल थिए ।

यस्तै ब्यवसायी क्षेत्रबाट आईएमएस ग्रुपका अध्यक्ष दीपककुमार मल्होत्रा, बैङ्कर सुनील केसी, सिग्मा प्राइम इन्भेष्टमेन्टका सञ्चालक तथा युवा व्यवसायी विष्णुप्रसाद ढकाल, नेपाल–भारत उद्योग वाणिज्य सङ्घका निर्देशक मार्सल राठौर, ‘इट फिट’की सञ्चालिका रजिना भट्टराई, नौमती वाद्यवादक कृष्ण दर्जी, बुद्धिजीवी वेदप्रसाद पन्त, कोजी ब्यूटी सलुनकी सञ्चालिका रेखा थापा, जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानीप्रसाद पौडेल, समाजसेवी भरतमणि अर्याल, बुढानीलकण्ठ पाठशालाका प्रिन्सिपल गोपालबहादुर महतलाई सम्मानित गरियो ।

यस्तै सोही समारोहमा होटल खुम्जुङकी सञ्चालिका शोभराज भण्डारी, गण्डकी पब्लिक बोर्डिङ स्कुलका प्राचार्य रामचन्द्र भट्ट, ‘हाम्रै नेपाली स्वाद’की सञ्चालिका रिमा गौतम, इको नेक्स्ट टेक्नोलोजी प्रा.लि.का सञ्चालक तथा वरिष्ठ समाजसेवी राजेश गौतम, बुद्धिजीवी राजेन्द्रप्रसाद फुयाँल, चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटका अपरेसन डाइरेक्टर तथा वरिष्ठ समाजसेवी चण्डेश्वरा नन्दराज वैद्य, समाजसेवी राज कार्की, समाजसेवी चित्रकला दवाडी, सिद्धार्थ बनस्थली इन्स्टिच्युटका प्रिन्सिपल रूपक राजवंशी, बुद्धिजीवी कृष्णप्रसाद अर्याल, बुद्धिजीवी केशवकृष्ण डंगोल, चलचित्र फोटोग्राफर रेखा लामिछाने, समाजसेवी रामकुमार श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी मुना श्रेष्ठ तथा नारी टेलिभिजनकी सञ्चालिका एवं समाजसेवी निकिता पौडेल, निर्देशक, स्क्रिप्ट लेखक तथा कलाकार सुरज खनाल, पत्रकार तथा कवि सनत गिरी, फोटोग्राफर रेखा लामिछाने रहेका थिए ।

कार्यक्रमको समापनका अवसरमा मिडिया ठाँटी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत तथा उक्त समारोहका सभाध्यक्ष दामोदर भट्टले मिडिया ठाँटीले सफलतापूर्वक तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गर्न सक्नुमा पाठक, दर्शक, शुभेच्छुक, विज्ञापनदाता, सहयोगी संस्था तथा सम्पूर्ण शुभचिन्तकहरूको निरन्तर माया, विश्वास, साथ र हौसलाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ निष्पक्ष, विश्वसनीय र उत्तरदायी पत्रकारितामार्फत समाजप्रति समर्पित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । समारोहमा पञ्चेबाजा, साकेला नृत्य, गजल वाचनलगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।