ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ साउन
रोज ब्युटी एकेडेमीले काठमाडौँमा श्रावण फेसन सो तथा श्रावण फेलोसिप एवम् प्रमाणपत्र वितरण कार्यक्रम आयोजना ग¥यो । काठमाडौँको कलंकी स्थित कृपा दरबार पार्टी भेन्युमा सम्पन्न सो समारोहमा प्रमुख अतिथि वरिष्ठ अभिनेत्री शर्मिला मल्ल थिइन् ।
रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् वरिष्ठ सौन्दर्यविद् सोनी कारंजितको सभापतित्व र प्रवन्ध निर्देशक एवम् कस्माटोलोजिष्ट परिषी करंजितको निर्देशनमा कार्यक्रम सम्पन्न भएको थियो ।

समारोहमा सबैलाई स्वागत गर्दै रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारंजितले लामो समयदेखि आफूले साउनको अवसर पारेर श्रावण फेलोसिप कार्यक्रम गर्दै आएको बताइन् । कार्यक्रममा रोज ब्युटी एकेडेमीबाट बेसिक, डिप्लोमा तथा स्पेसल कोर्ष गरेको विधार्थीहरुलाई प्रमाणपत्र प्रदान गरियो । वरिष्ठ अभिनेत्री शर्मिला मल्ल र रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारंजितले विधार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिन् ।

सो समारोहमा ब्युटिसियनहरु बिच श्रावण फेसन तथा क्याटवाक प्रतिस्पर्धामा भएको थियो । सो प्रतिस्पर्धामा श्रावण क्विनको उपाधि मिना मोक्तानले, फस्ट रनर अपको उपाधि सम्झना नेम्वाङ र सेकेन्ड रनर अपको उपाधि राधा चौधरीले प्राप्त गरे ।



