प्रवासी नेपाली चेली दीपमाला ढकाल बनिन मिस नेपाल २०२६ 


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ साउन

पछिल्लो समय हङकङ बस्दै आएकी प्रवासी नेपाली चेली दीपमाला ढकाल मिस नेपाल २०२६ घोषित भएकी छन्। ललितपुरको द प्लाजा पुलचोकमा आयोजित ग्राण्ड फिनालेमा उनले मिस नेपाल वर्ल्डको उपाधि जितिन्। द हिडन ट्रेजरद्धारा आयोजित मिस नेपालका उपाधि सहित दीपमालाले मिस वल्र्ड २०२६ मा भाग लिने असवर जितेकी छिन् ।

दीपमाला ढकाल मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ विजेता समेत हुन्। उनी ब्ल्याकरकमा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छन्। ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, होस्ट तथा म्याराथन धाविका रहेकी उनले मिस वर्ल्डमार्फत क्यान्सरसम्बन्धी जनचेतना अन्तर्राष्ट्रिय स्तरमा फैलाउने लक्ष्य राखेकी छन्।

सोही समारोहमा मिस नेपाल इन्टरनेशनल २०२६ को उपाधि आर्या निशान्त र मिस नेपाल कस्मो २०२६ को उपाधि कशिश सुब्बाले जिते । अब निशांतले मिस इन्टरनेशलनमा र कशिशले मिस कस्मोमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने छन् । मिस कोस्मो योलिंडा लिंडक्विस्ट लगायत जजको रूपमा सहभागी थिए ।

तस्बिर सौजन्य : ःराजभाई सुवाल