विभाजनभन्दा ठूलो बनाऔँ राष्ट्रिय एकता- सांसद रहबर अन्सारी


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ साउन

रास्वपाका सांसद रहबर अन्सारीले धर्मले कहिल्यै घृणा सिकाउँदैन भनेका छन् । संसदमा सम्बोधन गर्ने क्रममा आफुले राखेका भनाईमा उनले यस्तो भनाई राखेका हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो बिचार राख्दै घृणा सिकाउनेहरू धर्मका प्रतिनिधि होइनन् भनेका छन् ।

विभिन्न देशपछि मधेशलाई मानव अधिकारको चिहान बनाउने प्रयास भईरहेको बताउँदै उनले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन्,
‘धर्मले कहिल्यै घृणा सिकाउँदैन। घृणा सिकाउनेहरू धर्मका प्रतिनिधि होइनन्। “जय श्री राम”, “अल्लाहु अकबर”, “हर हर महादेव”, “नमो बुद्धाय”, “हल्लेलुयाह”
यी सबै मानवता, श्रद्धा, करुणा र सद्भावका पवित्र उद्घोष हुन्। यी शब्दहरूलाई हिंसा, डर वा विभाजनको माध्यम बन्न दिनु हुँदैन।
नेपालको शक्ति हाम्रो विविधतामा छ। प्रत्येक नेपाली जुनसुकै धर्म वा आस्था राखोस् ,संविधानअन्तर्गत समान रूपमा सुरक्षित र सम्मानित महसुस गर्नुपर्छ।
आउनुहोस्, घृणाभन्दा ठूलो बनाऔँ मानवता, विभाजनभन्दा ठूलो बनाऔँ राष्ट्रिय एकता, र सबैभन्दा माथि राखौँ ।’