पाँच जान संगीतकर्मीलाई ४४औँ छिन्नलता गीत पुरस्कार एवम् सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ साउन

वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को स्मृतिमा स्थापना गरिएको ४४औँ छिन्नलता गीत पुरस्कार तथा छिन्नलता गीत युवा प्रतिभा पुरस्कार शुक्रबार विशेष समारोहबीच समर्पण गरिएको छ। कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले विभिन्न विधाका स्रष्टा तथा कलाकारलाई पुरस्कार र सम्मान प्रदान गरे।

यस वर्ष गीत विधातर्फ डा. नवराज लम्साल, संगीततर्फ किरण कँडेल र गायनतर्फ बिमला राई पुरस्कृत भएका छन्। त्यस्तै नेपाली चलचित्र, गीत संगीत एवम् कला तथा सांस्कृतिक क्षेत्रमा दीर्घ योगदानको कदर गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको छ ।

युवा प्रतिभा पुरस्कार गायिका सरिता घिमिरेलाई यस वर्ष प्रदान गरियो । उनलाई आफ्नो चर्चित गीत ‘गुन भुल्यौ’ बाट यो पुरस्कार प्रदान गरिएको हो । छिन्नलता गीत पुरस्कार गुठीले हरेक वर्ष तुलसी रोप्ने एकादसीको दिन रमोलादेवीको स्मृतिमा नेपाली गीत–संगीत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने स्रष्टा तथा कलाकारलाई पुरस्कार एवम् सम्मान गर्दै आएको छ ।