प्रदीप र आनालाई नेपाल–भारत सांस्कृतिक सद्भावना दूत सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ साउन

भारतको दिल्लीमा रहेको नेपाली दूतावासले अभिनेता श्री प्रदीप खड्का र अभिनेत्री आना शर्मालाई नेपाल–भारत सांस्कृतिक सद्भावना दूतको रूपमा सम्मान गरेको छ । नेपाली चलचित्रसँगै नेपाली संस्कृतिको प्रवर्धनको लागि अभिनेता खड्का र अभिनेत्री शर्मालाई आफूहरुले सांस्कृतिक दूतको रुपमा सम्मान गरेको सो दुताबासले जनाएको छ ।

नेपाली सिनेमाको प्रवद्र्धन र नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्न यी दुई कलाकारको माध्येमबाट ठुलो योगदान पुग्ने विश्वास समारोहमा व्यक्त गरियो । यो सम्मान प्रति आभार प्रकट गर्दै अभिनेता प्रदीप खड्काले आफूलाई दुताबासको तर्फबाट दिइएको जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्ने बताए । अभिनेत्री आनाले पनि सो सम्मानको लागि धन्यवाद ज्ञापन गरिन् ।

सोही समारोहमा अभिनेत्री विपना थापाले प्रदीप र आनलाई बधाई दिँदै नेपाली चलचित्र प्रवर्धनमा दुतावासको देखाएको सक्रियता प्रति खुसी व्यक्त गरिन् । दुतावासबाट अघिल्लो साता अभिनेत्री विपना थापा र अभिनेता निर शाहलाई सम्मानित गरिएको थियो ।

समारोहमा कार्यवाहक राजदुत डा. सुरेन्द्र थापाले नेपालमा पनि राम्रा चलचित्र निर्माण हुन्छन भनेर भारतमा जानकारी गराउँदै नेपाली चलचित्र र कलाकारलाई प्रवर्धन गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको सो समारोहमा प्रकाश पारे । उनको अनुसार जुलाई महिनामा दिल्लीमा एक्टर वान टेक, गुन्यु चोलो र मितज्यू प्रदर्शन गरिँदैछ । दुतावासले जुलाई महिनालाई नेपाली चलचित्र प्रदर्शनको महिनाको रुपमा मनाउँदैछ ।