दिपाश्रीको ब्रेन ट्युमरको अप्रेसन सम्पन्न, स्वास्थ्यमा सुधार


ब्युटी न्यु्ज नेपाल
काठमाडौं, २७ असार

लोकप्रिय अभिनेत्री, निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाको ब्रेन मस्तिष्कमा ट्युमरको शल्यक्रिया सफल भएको छ । दुईदिन अघि उनको बे्रन ट्युम अप्रेसनबाट हटाइएको छ । उनको माइतीघर, काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा अप्रेसन सफल भएको हो ।

चलचित्र अभिनेता एवम् निर्माता दीपकराज गिरीका अनुसार अहिले दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनलाई आइसियुबाट आजमात्रै जनरल वार्डमा सारिएको छ । चलचित्र ६ माया छपक्कै २ को छायांकनमा टाउको दुख्ने समस्या भएपछि उनको एमआरआई गरिएको थियो । सोही क्रममा ब्रेन ट्युमर देखिएपछि उनको अप्रेसन गरिएको हो ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको ट्युमरको शल्यक्रिया गरेको हो । अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको मस्तिष्कबाट निकालिएको ट्युमर कस्तो प्रकृतिको हो (क्यान्सरयुक्त हो वा होइन) भन्ने पत्ता लगाउन परीक्षणका लागि प्रयोगशाला (बायोप्सी) मा पठाइएको छ ।

बायोप्सीको रिपोर्ट आउन भने बाँकी रहेको चिकित्सकहरूले जनाएका छन् । ब्रेन ट्युमर पुष्टि भएपछि चिकित्सकले तत्काल शल्यक्रिया गर्ने निर्णय गरेका थिए । शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । दीपाश्रीको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक भएपछि चलचित्रकर्मी, शुभचिन्तक र प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।