ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ चैत
कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको आफ्नो पदको रिटमाथि आज शुक्रबार प्रारम्भिक सुनुवाईको लागि अदालतले पेसी तेकेको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले बुधबार रिट सर्वोच्च अदालतमा दर्ता गरेका हुन । उनले सो मुद्दामा गैरकानुनी रूपमा आफूलाई हटाइएको जिकिर गरेका छन् । रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइका लागि पेसी बृधबार नै तोकिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर गरिएको हो । उनले दायर गरेको रिटमा कार्यकारी निर्देशकमा पुनःस्र्थापना गर्नुपर्ने माग राखिएको छ ।
उनलाई पदबाट हटाएपछि दैनिक जसो काठमाडौँसहित विभिन्न शहरमा कुलमानलाई न्याय दिने माग सहित उनको पक्षमा आन्दोलन चलिरहेको छ । विपक्षी नेकपा माओबादीलगायतले यही विषयलाई लिएर दुई दिनदेखि संसद समेत अवरुद्ध गर्दै आएका छन् ।