ब्युटी न्युज नेपाल
काठमाडौं, २६ माघ
साहित्यिक पत्रकार संघले शुक्रबार काठमाडौंको अनामनगर स्थित डालो रेस्टुरेन्टमा कथाकार हरिश कल्पितको कथाकृतिहरु “ग्याबृयले“ र “आस्था“को परिचर्चा कार्यक्रम आयोजना ग¥यो । सो कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा समालोचकहरु डा. अम्बिका अर्यालले “आस्था“ कथाकृति र डा. शोभा ढुंगानाले “ग्याबृयले“ कथाकृतिको परिचर्चा गरिन् । दुबै जनाले हरिसका कथा प्रभावशाली र समसामयिक भएको चर्चा गरे ।
सोही कार्यक्रममा प्रमुख अतिथि एवम् अग्रज आख्यानकार पद्यावती सिंह र संघका अध्यक्ष लेकालीले कथाकार हरिश कल्पितलाई नेपाली साहित्यमा आख्यान सिर्जनामार्फत पुर्याएको योजदानको चर्चा सहित संघका तर्फबाट सम्मान प्रदान गरे ।
कार्यक्रममा प्रमुख अतिथि सिंह र अध्यक्ष लेकालीले हरिशको साहित्य यात्राको चर्चा गर्दै उनलाई अझ राम्रा आख्यान सृजना गर्न शुभकामना दिए । यसै गरी कार्यक्रममा कृतिकार हरिश कल्पितले आफ्नो सिर्जना यात्राबारे मन्तव्य राख्दै यो प्रेरणाले आफुलाई आउँदा दिनमा साहित्य सिर्जना गर्न अझ उर्जा मिलेको बताए ।
कार्यक्रमको संचालन साहित्यकार मन्जिला अनिलले गरेकी थिईन् ।