ब्युटी न्युज नेपाल
काठमाडौं, ७ पुस
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेसहित आरोपीहरू पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेको लामिछाने बिरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।