ब्युटी न्युज नेपाल
काठमाडौं, १७ कात्तिक
फोटो पत्रकार रजेन्द्र केसीको मेटास्टेटिक घातक प्यान्क्रियाटिक क्यान्सरका कारण अमेरिकाको केन्टकी राज्य स्थित ल्याग्जिन्टनमा निधन भएको छ । उनको अमेरिकी समय अनुसार शुक्रबार राती १ बजे निधन भएको हो । केही वर्ष यताबाट आफ्नी श्रीमती र छोरीसँगै अमेरिकामा बस्दै आएका रजेन्द्रको तीन महिना अघि पेनक्र्याजमा मेटास्टेटिक घातक प्यान्क्रियाटिक क्यान्सर देखिएको थियो । त्यसपछि उनको उपचार ज्याग्जिन्टनमै रहको युनिभर्सिटी अफ केन्टकी हस्टिलमा भईरहेको थियो ।
तीन पटकको केमो थेरापीपछि उनलाई उच्च जन्डिसले ग्रस्त बनाएपछि चिकित्सकहरुलाई उपचार गर्न गाह्रो भईरहेको थियो । तथापि शुक्रबारसम्म उनले आफ्ना साथीहरुसँग फोन गरेर तिहारको शुभकामना आदनप्रदान गरिहेका थिए । सोही क्रममा उनको शुक्रबार राती निधन भएको परिवारजनले जानकारी गराएका छन् ।
शुक्रबार नै रजेन्द्रलाई भेट्न अस्पताल पुगेका चलचित्र निर्देशक सुमन दाहालका अनुसार रजेन्द्रको अत्यष्टी अमेरिकी समय अनुसार आईतबार बिहान १० बजे १०१४ इस्टल्यान्ड डिआर, ल्याग्जिन्टनमा गरिने भएको छ । ल्याग्जिन्टन आसपासमा रहेका कलाकार, पत्रकार, सिनेकर्मी तथा शुभचिन्तक नेपालीहरुलाई रजेन्द्रको अन्त्यष्टीमा सहभागी हुन चलचित्र निर्देशक सुमन दाहालले अनुरोध गरेका छन् ।
काठमाडौं थापाथलीका रजेन्द्र केसी बिगत दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय थिए । उनले लामो समय राजधानी दैनिकमा केही वर्ष अन्नपूर्ण पोष्ट दैनिकमा फोटो पत्रकारिता गरेका थिए । पिजे (फोटो पत्रकार) क्लबका संस्थापक हुँदै कोषाध्यक्ष समेत रहेका उनी पछिल्लो समय अमेरिकाको केन्टकी राज्य स्थित ल्याग्जिन्टनमा बस्दै बस्दै आएका थिए । परिवारमा उनको श्रीमती र एक छोरी छिन् । दिवँगत फोटो पत्रकार रजेन्द्र (र) केसी प्रति ब्युटी न्युज नेपाल परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।