सुनको मूल्य अहिलेसम्मकै बढी अर्थात प्रति तोल १ लाख ६२ हजार ४०० पुग्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असोज

पछिल्लो समय विश्व बजारमा सुनको भाउ तिब्र गतिमा बढीरहेको छ । यसै क्रममा नेपालमा पनि सुनको मुल्यले महँगीको नयाँ रुप लिईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ हजारले बढेर अहिलेसम्मकै उच्च भएको छ । यतिबेला सुनको मूल्य तोलाको एक लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

बिहिबारको तुलनमा आज सुनको भाउ प्रति तोलामा दुई हजार रुपैयाँ बढेको हो । जबिकी वहिबार सुन तोलाको एक लाख ६२ हजार ४०० मा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।