चलचित्र ’कर्मा’ निर्माण घोषणा, विपीन कार्की अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असोज

नयाँ चलचित्र ‘कर्मा’को निर्माण घोषणा गरिएको छ । यसमा अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराईएको छ । यो चलचित्रको आफ्नो प्रदर्शन मिति घोषणा गर्दै आगामी २९ चैतमा ःल्याउने जनाईएको छ ।
‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन् । उनले यसअघि चलचित्र लभ डायरी र अगस्त्यः च्याप्टर–१ को निर्देशन गरेका थिए ।

यस चलचित्रको कथा पनि उनले नै लेखेका हुन्। चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ। चौधरीका अनुसार यस चलचित्रमा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइनेछ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी गर्नेछन्। चलचित्रको छायांकन मङ्सिर दोस्रो सातापछि सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ। अन्य कलाकारहरूको अनुबन्ध जारी रहेकाले निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्देशक चौधरीले बताए ।