बिपी राजमार्ग आजबाट खुल्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ असोज

असोज ११ र १२ गतेको वर्षा र बाढी पहिरोले धेरै ठाउँमा भत्केको तथा बगेको बिपी राजमार्गको चौकीडाँडा नेपालथोक खण्डलाई आजबाट पुनः सञ्चालनमा ल्याइएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले शुक्रबार बिहान १० बजेदेखि यसलाई पुन सञ्चालनमा ल्याएको बताएका छन् । उनका अनुसार गाडी चलाउन मिल्ने गरी निर्माण गरिएको पनि उनले बताएका छन् ।

यसै वीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराएका छन । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुक्रबार बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा बिपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरेका थिए ।

रोशी र सुनकोसीको बाढीले काभ्रेको चौकी डाँडादेखि तल नेपाल थोकसम्म विभिन्न ठाउँमा सडक क्षतविक्षत भएको थियो । सचिव शर्माको नेतृत्वमा प्राविधिकको टिम फिल्डमै खटिएर काम गरेको थियो।

राजमार्ग सञ्चालनका लागि पहिरो हटाउन प्राविधिक टोलीसहित रोसी गाउँपालिकाको दाउने भन्ने ठाउँमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव शर्माले सडक खुलाउन रातदिन नभनी काम भइरहेको बताउँदै शुक्रबारदेखि बिपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिए ।