ब्युटी न्युज नेपाल
काठमाडौंँ १२ असोज
‘मिस एण्ड मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल २०२४’को अन्तिम प्रतिस्पर्धाको लागि १५ प्रतियोगी चयन भएका छन् । आयोजक ग्रिन आर्टस मिडिया प्रा.लीले विश्व सम्पदा सुचिमा परेको नेपालको बसन्तपुरमा प्रतियोगी सार्वजनिक गरेको हो ।
यो प्रतियोगीताको बिजेताले विश्वका धेरै मुलकको सहभागीता रहने ‘हेरिटेज ईन्टरनेशनल’मा नेपालबाट प्रतिनिधित्व गर्दै भाग लिने छन् ।
प्रतियोगीताको फाइनल १६ आसोज बुधबार काठमाडौंमा हुने भएको छ । प्रतियोगीतामा मिस र मिसेज गरेर दुई विजेता छानिनेछन् । जसले थाइल्याण्डको बैंककमा नोभेम्बर २४ मा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता ‘मिस एण्ड मिसेज हेरिटेज ईन्टरनेशनल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।