मिसेस नेपाल वल्र्डको फाईनलमा २९ प्रतियोगी भिड्ने


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असोज

मिसेस नेपाल वल्र्ड २०२४ को लागि २९ महिला प्रतियोगी फाईनल राउन्डका लागि चयन भएका छन् । काठमाडौंमा हालै सम्पन्न अडिसनबाट उनी फाईनलका लागि छानिएका हुन् ।

बिगत झै पटक पनि यो प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, सञ्चारकर्मी, नर्स जस्ता विभिन्न पेशाका महिला छानिएका छन् ।

जसमा प्रगति श्रेष्ठ, ज्योति शर्मा, शुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सृजना व्यञ्जनकार, अम्बिका गौतम, सुयेशा राउत, साहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, एलिना घिमिरे, नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुईटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की , रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल र दीपा विश्वकर्मा रहेका छन् ।

मिसेस नेपाल वल्र्डको विजेताले आगामी डिसेम्बरमा अमेरिकामा आयोजना हुने विश्वरभरका विवाहित महिलाको प्रतियोगिता ‘मिसेस वल्र्ड–२०२४’मा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने छिन् । यस्तै मिसेस नेपाल वल्र्ड २०२४ को मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन गरिने भएको छ ।

अडिसनबाट छानिएका प्रतियोगीहरुलाई काठमाडौंमा स्यासिङ समारोह आयोजना गरी उनीहरुको प्रतियोगिता नम्बर सहितको ‘ट्याग’ प्रदान गरिएको छ । मिसेस नेपाल वल्र्डका प्रतिस्पर्धीहरुले सो समारोहमा आफ्नो परिचय समेत दिएका थिए ।

यस्तै मिसेस नेपाल इन्टरनेशनल र एमएस इन्टरनेशनलका बिजेताले यसैवर्ष सिँगापुरमा हुने प्रतियोगितामा नेपालबाट सहभागिता जनाउने छन् ।’ यो प्रतियोगिताका प्रतिस्पर्धीहरुलाई अश्विनी झाले कोरियोग्राफी गरिरहेका छन् ।

मिस नेपाल वल्र्ड २०२४ को आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको प्रतिस्पर्धाको ग्राण्ड फिनाले आगामी १० कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने बताए, ‘बिगतझै यस वर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने छन् ।