काठमाडौं, २७ भाद्र
ब्युटी न्युज नेपाल
‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि सम्पदा घिमिरेले जितेकी छिन् । यो विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको पाचौं नेपाली संस्करण हो । उनले फाईनलमा अन्य २२ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि चुमेकी हुन् । उनी डिजिटल मार्केटिङसँगै मोडलको रुपमा परिचित छिन् । उनले आगामी नोभेम्बरमा मेक्सिकोमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
बुधबार साँझ ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधि स्मृति सिंहले, सेकेन्ड रनरअपको उपाधि अक्षिता क्षेत्रीले, थर्ड रनरअपको उपाधि करेन मुर्रेले र फोर्थ रनर अपको उपाधि सुजल बमले हाँसिल गरिन् ।
प्रतियोगीतालाई नेसनल कोरियोग्राफर दिक्पाल कार्कीले कोरियोग्राफी गरेका थिए । निर्णायकमा ब्यबसायी विदुषी राणा, गौरव गोयल र समिक्षा श्रद्धा सांघाइ, पुर्व मिस नेपाल इशानी श्रेष्ठ, पूर्व मिस युनिभर्स सोफिया भुजेल, क्याप्टेन रामेश्वर थापा, नेतृ डिना उपाध्याय थिए ।
कार्यक्रममा करेन मुर्रेले मिस एलिगेन्स, स्मृति सिंहले मिस स्मार्ट, समृद्धि केसीले मिस फ्री एण्ड फियरलेस, श्रेयङ्का थापाले मिस इको फ्रेन्ड्ली, करेन मुर्रेले मिस द मोस्ट ब्युटिफुल स्किन, स्मृति सिंहले मिस फोटोजेनिक, अस्मि ढकालले मिस मल्टीमिडिया र रेनाता कट्टेलले मिस फ्रेन्ड्ली उपाधि हाँसिल गरे ।