विश्वासको मत गुमाउँदै प्रचण्ड प्रधानमन्त्री पदमुक्त, खुमलटारमा गरियो भव्य स्वागत


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्न नसकेपछि अन्तत प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो प्रधानमन्त्री पद गुमाएका छन् । अब उनी आईतबारसम्म कामचलाउ सरकारका प्रधानमन्त्री मात्र हुनेछन् ।

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले विश्वसको मत लिने क्रममा उनले ६३ मत मात्र सँसदमा हाँसिल गरे । जसका कारण उनी अल्पमतमा परेका हुन् । शुक्रबार कुल २५८ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । ती मध्य १९४ जना सांसदले प्रधानमन्त्री दाहालको विपक्षमा मत दिए । एक जना सांसद भने तटस्थ बसे । यसरी उनले ६३ मत मात्र प्राप्त गरे ।

शुक्रबार विश्वासको मत लिँदा उनले आफ्नै दल माओवादी (३२) सँगै राष्ट्रिय स्वतन्त्र पार्टी (२१) र एकीकृत समाजवादी (१०) मात्र प्राप्त गरेका हुन् । योसँगै अब माओबादी, रास्वपा र एकीकृत समाजवादी आउँदो सरकारमा प्रतिपक्षमा रहने भएका छन् ।

पछिल्लो पटक १० पुसमा दाहाल विश्वासको मत लिएर प्रधानमन्त्री बनेका थिए । सो सहित उनले यस अघि चार पटकसम्म विश्वासको मत पाएका थिए । काँग्रेस र एमाले दुबैसँग फरक फरक समयमा सत्ता साझेदारी गरेर विश्वसको मत लिई प्रधानमन्त्री बनेका दाहालले आज शुक्रबार भने संसदमा विश्वासको मत गुमाए ।

यसरी विश्वासको मत गुमाए पनि उनी पदमुक्त भएका छन् । दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै शुक्रबार बेलुका नै प्रधानमन्त्री निवास वालुवाटार छाडेर आफ्नो निवास खुमलटार सरेका छन् । रमाईलो प्रसँग के भने पदमुक्त भएका दाहाललाई आत्मविश्वास नघटोस भनेर उनलाई माओबादी कलाकारहरुले बाजा बजाएर स्वागत गर्दै खुमलटार घरमा स्वागत गरे । पदमुक्त भएर बालुवाटार छाड्दा पनि दाहालले खुमलटारमा उस्तै स्वागत र सत्कार पाए ।