राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ मंसिर

रवी लामिछानेको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंबाट प्रतिनिधि सभामा तीन वटा क्षेत्रमा विजय हाँसिल गरेको छ । यो पार्टीबाट काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतमले, काठमाडौं क्षेत्र नं. –७ मा गणेश पराजुलीले र काठमाडौं क्षेत्र नं. –८ मा विराजभक्त श्रेष्ठले बिजय हाँसिल गरेका हुन् ।

आज बिहानी पख प्राप्त नजिता अनुसार काठमाडौं २ मा सोविताले १५ हजार २२९ मत ल्याएर विजयी प्राप्त गरिन् । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत ल्याए पाए । यस्तै राप्रपाकी कुन्तीदेवी पोखरेलले ११ हजार १४ र पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगरले ९ हजार ४४९ मत प्राप्त गरिन् ।

यसै गरी काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याई बिजय हाँसिल गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाए भने माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह)ले ६ हजार ६३ मत प्राप्त गरिन् ।

यस्तै काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मत ल्याई विजयी हाँसिल गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत, एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत प्राप्त गरे ।