ब्युटी न्युज नेपाल
काठमाडौं, ६ मँसिर
केही समय अघि मात्र स्थापना भएको नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट गंगाराम चौधरी बिजयी भएका छन् । यो पार्टीको उनी पहिलो बिजेता साँसद हुन् ।
हाल जेलमा रहेका पूर्व साँसद रेशमलाल चौधरीको अग्रसरतामा यो पार्टी खुलेको हो । पार्टीको अध्यक्षमा रेशमलालकी पत्नी रञ्जिता श्रेष्ठ रहेकी छिन् ।
गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी हाँसिल गर्दा नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित रहे ।
थारुहट आन्दोलनमा दँगा फसाद गरेर अन्यको ज्यान लिएको अभियोगमा रेशमलाल चौधरी जेल गएपछि यो क्षेत्रमा उनका सामर्थकहरुले थारु अधिकार आन्दोलनलाई अघि बढाएका छन् । यस पटकको चुनावमा रेशमकी पत्नी सहित अन्य दुई जना अहिले यो पार्टीबाट अग्र स्थानमा छन् ।