ब्युटी न्युज नेपाल
काठमाडौं, ६ मँसिर
काठमाडौं निर्वाचन क्षेत्र नं १ मा यसपटक पनि आफ्ना प्रतिद्धन्दी रविन्द्र मिश्रलाई हराएर नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । यो सँगै नेपाली काँग्रेसले तीन स्थानमा बिजयी हाँसिल गरेको छ । यस अघि मुस्ताङ १ बाट योगेश गौचन थकालीले र मनाङ १ बाट टेकबहादुर गुरुङले काँग्रेसबाटै बिजयी हाँसिल गरिसकेका छन् ।
यसपटक प्रकाश मान सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् । यस्तै रबिन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरेको बताईएको छ ।
रमाईलो प्रसँग के भने २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रकाश मान सिंहले निकटतम प्रतिस्पर्धी रबिन्द्र मिश्रलाई नै हराएका थिए ।
मंगलबार बिहानीपख सम्पन्न भएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् । सो क्षेत्रबाट त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका मिश्र यसपटक राप्रपाबाट उठेका हुन्