ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असार
गायिका सरद कुमारी श्रेष्ठले आफ्नो आवाजमा रहेको मौलिक तिज गीत तिज आयो बरी लै माइती.. गीतको भिडियो सार्वजनिक गरेकी छिन् ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै यो गीत ल्याएको उनले बताईन् ।
नेपाली नारिहरुले भोगेको पिडा र मर्मलाई गीतमा समेटिएको छ । विभिन्न कारणबाट माइत जान नपाएकी चेलीको बेदनालाई गीतमा समेटिएको छ । सरद कुमारी श्रेष्ठको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । विषन मान्धरले गीतमा एरेन्ज गरेका छन ।
विजय कुमार भुर्तेलको छायाँकन तथा सम्पादन र राजेन्द्र विसीको कोरियोग्राफी तथा राजु श्रेष्ठको निर्देशन भिडियोमय रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा आरोही चौलागाईको नृत्य तथा अभिनय रहेको छ ।