ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असार,
इन्धनको मूल्य नेपाल आयाल निगमले सोमबार फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले आज सोमबार फेरि इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।
निगमले प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पु¥याएको छ । डिजेल/मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयााले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।