आज २२९९ सँक्रमित, कोरोनबाट ३४ को निधन, ३४५१ जना कोरोना मुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असार,

आज शुक्रबार नेपालमा २ हजार २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ जना पुगेको छ । यी मध्य सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ४५१ रहेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३१६, झापामा ८६, ललितपुरमा ७८, सुनसरीमा ७३, कास्कीमा ६४, चितवनमा ५३, धादिङमा ५२, नवलपरासी पुर्व र डोटीमा ३९÷३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सप्तरी र गुल्मीमा ३७/३७ जना, नुवाकोटमा ३६, भक्तपुरमा ३४, काभ्रेपलाञ्चोकमा ३०, मोरङ र मकवानपुरमा २९/२९ जना, रुपन्देहीमा २८, तनहुँमा २५, कपिलवस्तुमा २४, पाल्पामा २३, लमजुङमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कैलालीमा १९, दैलेखमा १६ जना, धनुषा, दाङ र सुर्खेतमा १४/१४ जना, महोत्तरीमा १२ जना र रसुवामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

१० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सँक्रमणबाट हालसम्म मृत्यु हुनेको सँख्या ९ हजार १९७ जना पुगेको छ ।