ब्युटी न्युज नेपाल
काठमाडौं, १४ असार,
नेपालमा आज २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३५५, झापामा १९३, मोरङमा ११६, ललितपुरमा ११२, सुनसरीमा ९४, चितवनमा ८०, कास्कीमा ७९, नवलपरासी पूरुवमा ६०, मकवामनपुरमा ४९, भक्तपुरमा ४७, धादिङमा ३८, नुवाकोटमा ३२, काभ्रेपलाञ्चोकमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै धनुषा, महोत्तरीमा १६/१६ जना, धनकुटामा १४, गुल्मीमा १३, रसुवा र स्याङजामा १२/१२ जना, रुपन्देहीमा ११ जना, उदयपुर र जुम्लामा ८/८ जना, सर्लाही, रामेछाप र रुकुममा पश्चिममा७/७ जना, बारा, सिरहा, गोरखा र डोल्पामा ६/६ जना तथा खोटाङ, सिन्धुपाल्चोक, नवलपरासी पश्चिममा ५/५ जना, कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा ४२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सँख्या ९ हजार ५१ जना पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको सँख्या ५ लाख ८८ हजार १८७ जना पुगेको छन् ।