४५२२ जनालाई कोरोना, ४१ जनाको मृत्यु, ४९५४ जना कोरोना मुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

नेपालमा आज मँगलबार ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमण मुक्त हुनेको सँख्या ५ लाख ६४ हजार ८८२ जना पुगेका छन् । यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ८ हजार ८१३ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ । तीमध्ये हालसम्म ५ लाख ६४ हजार ८८२ जना निको भएका छन् भने ८ हजार ८१३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको छ । जसमध्ये ४९ हजार ४२५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये ७६१ जनाको आईसीयू र २१८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

काठमाडौंका ३१०, झापामा १७४, पर्वतमा १५०, म्याग्दीमा १४८, ललितपुरका ९९, सुनसरीमा ९६,चितवनमा ९०, मकवानपुरमा ८८, धादिङमा ८६, मोरङमा ७०, नुवाकोट र भक्तपुरका ६७÷६७ जना, बागलुङमा ६६, कास्कीमा ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै गुल्मीमा ४६, काभ्रेपलाञ्चोकमा ४५, नवलपरासीमा ४१, रुपन्देहीमा २८,कैलालीमा २६ र दाङमा २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

बाँकेमा १९,धनुषामा १३, जुम्लामा १२, पाल्पा र रुकुम पश्चिममा ११/११ जना, बारा र अर्घाखाँचीमा १०/१० जना, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सप्तरी, महोत्तरी, तनहुँ र नवलपरासी पश्चिममा ७÷७ जना, धनकुटा, सिरहा र कञ्चनपुरमा ६/६ जना, उदयपुरमा ५, सोलुखूम्बु, सर्लाही, र सुर्खेतमा ४/४ जना, इलाम, दोलखा, गोरखा, लमजुङ, स्याङजा, डोटी र बैतडीमा ३/३ जना, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, पर्सा, रौतहट, कपिलवस्तु, रोल्पा, सल्यान र डडेल्धुरामा २÷२ जना तथा भोजपुर, रामेछाप, प्युठान, रुकुम पुर्व, अछाम र बझाङमा १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै १० वर्ष मुनिका ९९ बालबालिकामा कोरोना संक्रमण देखिउको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६० जना कोरोना संक्रमित थपिएको स्वास्थ्उय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।