आज थप २,९१८ जनामा कोरोना, संक्रमण, ५,१४७ जना संक्रमणमुक्त, ५७ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ जेठ,

नेपालमा आज सोमबार थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४३८ पीसीआर परीक्षणमा २ हजार ४९ जनामा र ५ हजार ३८१ एन्टिजेन परीक्षणमा ८६९ जना गरी २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३१ हजार ८६० पुगेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ । सक्रिय संक्रमितमध्ये ६१ हजार १२२ जना होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा भर्ना हुनेको संख्या ४ हजार ६८२ रहेको छ । जसमध्ये ९९५ जना आईसीयूमा र ३२४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमण मुक्त हुनेको सँख्या ५ लाख ३६ हजार २५२ जना पुगेको छ ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सँख्या ८ हजार ४६५ जना पुगेको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३९६, झापामा १६०, ललितपुरमा १४५, मोरङमा ११५, चितवनमा १०८ र सुनसरीमा १०६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै नुवाकोटमा ८५, काभ्रेपलाञ्चोकमा ८४, कास्कीमा ८१, भक्तपुरमा ६६ , रुपन्देहीमा ५६, मकवानपुरमा ५२, नवलपरासी पूर्वमा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा ५६, धनुषामा ४०, दोलखामा ३४, गोरखामा ३१, धादिङमा २८, पाल्पामा २६, दाङमा २७, अछाममा २३, सप्तरीमा २२, उदयपुर र सिन्धुलीमा २१/२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै जुम्लामा १४, सोलुखुम्बु, रौतहट र रामेछापमा ११/११ जना, पर्सा र रसुवामा १०/१० जना,कञ्चनपुरमा ९, महोत्तरी, गुल्मी र नवलपरासी पश्चिममा ८/८ जना, बारा र सर्लाहीमा ७/७ जनामा कोरोना संक्रमण देखिएको छ ।

तनहुँ, अर्घाखाँची र बर्दिया ६/६ जना, संखुवासभा, सिरहा, म्याग्दी, बागलुङ, कपिलवस्तु र सल्यानमा ५/५ जना, इलाम, धनकुटा, बाँके र रुकुम पश्चिममा ४/४ जना, तेह्रथुम, लमजुङ, रोल्पा, कालिकोट, कञ्चनपुर, कैलाली र बैतडीमा ३/३ जना, ओखलढुंगा, पर्वत, स्याङजा, प्युठान र जाजरकोटमा २/२ जना तथा रुकुम पश्चिम, दैलेख, सुर्खेत र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।