थपियो ७ असारसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा (गर्न हुने र नहुने कार्यको सुची)


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० जेठ,

काठमाडौं उपत्यका भित्र फेरी एक साता अर्थात ७ असाल सम्मका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यका भित्र अझै सोचे अनुसार कोरोनाको सँक्रमण घेटेको छैन ।

सोही कारण काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको पराजुलीले बताएका छन् । सिडियो कार्यालयले आईतबार जारी गरेको विज्ञप्ति अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् ।

यसै गरी स्कुल कलेजको नयाँ शैक्षिक सत्र सुरु हुने लागेकाले विधार्थीहरुलाई सहज होस भनेर पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न दिइने भएको छ । यसैगरी निर्माण कार्यलाई अझ सहज बनाउन दिउँसो ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

यसैगरी कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ । विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ । यस्तै डिभी चिठ्ठा परेकाहरुलाई अमेरिकी राजदूताबासमा अन्तरवार्ता दिन जानको लागि पनि सहजीकरण गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश यस्तो छ ः