आज ६६३६ जनाले कोरोना जित्दा ३४७९ सँक्रमित, ९९ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं २३ जेठ,

नेपालमा आज आईतबार थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट १० हजार ४७१ पीसीआर परीक्षणबाट ३ हजार ०२४ र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज कोरोना सँक्रमणबाट ६ हजार ,६३६ जना मुक्त भएका छन् । यो सँगै हालसम्म ४ लाख ९१ हजार ००९ जना कोरोना मुक्त भईसकेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ७ हजार ८९८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७३१, भक्तपुरमा २५४ र ललितपुरमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७३१, ललितपुरमा २५४, मोरङमा २२५, भक्तपुरमा १४६, काभ्रेपलाञ्चोकमा १२९ र झापामा ११८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै धनुषामा ८६, धादिङमा ८३, सुर्खेतमा ७१, पाल्पामा ७०, मकवानपुरमा ६६, बारामा ६४, सुनसरीमा ६०,कास्कीमा ५८, नुवाकोटमा ५६,रूपन्देहीमा ५०, बर्दियामा ४७, सिरहा र बाँकेमा ४६/४६ जना, सर्लाहीमा ४२,कैलालीमा ४०,गोरखा र दाङमामा ३९/३९ जना र चितवनमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

बैतडीमा २६, सिन्धुलीमा २५, सल्‍यानमा २१,महोत्तरीमा २०,नवलपरासी पूर्व र गुल्मीमा १८/१८ जना, तनहुँमा १६,नवलपरासी पश्‍चिममा १५, अछाममा १४, रोल्पा र रूकुम पश्चिममा १२/१२ जना, रामेछापमा ११, रौतहट, सप्तरी, पर्वत र अर्घाखाँचीमा १०÷१० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै उदयपुर र कविपलवस्तुमा ९/९ जना, स्याङजामा ८, कञ्‍चनपुरमा ७, इलाम र संखुवासभामा ५÷५ जना, भोजपुरमा ४,तेह्रथुम, पर्सा, पोखरा,बागलुङ र जाजरकोटमा ३/३ जना, रसुवा, प्युठान र हुम्लामा २/२ जना तथा पाँचथर, सोलुखुम्बु, म्याग्दी, लमजुङ, रूकुम पुर्व, दैलेख, दार्चुला र बाजुरामा १÷१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ९१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २५७ जनामा कोरोना संक्रमण देखिएको छ ।