ब्युटी न्युज नेपाल
काठमाडौं ४ जेठ,
आज मंगलबार कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ८ हजार २०३ जना सँक्रमित भएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यता पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना कोरोना जित्न सफल भएका छन् । यो सँगै हालसम्म ३ लाख ५२ हजार ४१४ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २३४, प्रदेश २ मा ५१५, बागमती प्रदेशमा ३ हजार ९२१, गण्डकीमा, ६५०, लुम्बिनीमा १ हजार ४२, कर्णालीमा ४५८ र सुदूरपश्चिम प्रदेशमा ३१६ जना संक्रमित थपिएका छन् ।
आजको संक्रमितमध्ये २ हजार ६३५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ हजार ४९, ललितपुरका ३६५ र भक्तपुरका २२१ जना छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २,०४९ जना, मोरङमा ५०७, रूपन्देहीमा ३८०, ललितपुरमा ३६५, काभ्रेपलाञ्चोकमा ३१५ र चितवनमा ३०८ जना संक्रमित थपिएका छन् ।
यस्तै सुनसरीमा २९८, झापामा २५३, कास्कीमा २२९, भक्तपुरमा २२१ र पाल्पामा २०१ जना कोरोना संक्रमित थपिएका छन् ।
सुर्खेतमा १९५, दाङमा १९१, धादिङमा १४५, धनुषामा १४०, सप्तरीमा १३३, जाजरकोटमा १२४, नुवाकोट र रामेछापमा १०९/१०९ जना, सिन्धुपाल्चोक र गुल्मीमा १०५/१०५ जना र तनहुँमा १०२ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै डोटीमा ९५, दोलखामा ९०, सिन्धुलीमा ८४, स्याङ्जामा ८०, कञ्चनपुरमा ७४, पर्सामा ७०, लमजुङमा ६३, गोरखामा ६०, दैलेखमा ५९,नवलपरासी पश्चिममा ५५, नवलपरासी पूर्वमा ५८ र अछाममा ५० जना कोरोना संक्रमित थपिएका छन् ।
रौतहट र बैतडीमा ४९/४९ जना, महोत्तरीमा ४८, धनकुटामा ४५, सल्यानमा ४४, पर्वतमा ४३, डडेल्धुरामा ३९, अर्घाखाँचीमा ३७, सिरहामा ३६, बाँकेमा ३४, इलाममा ३३, तेह्रथुममा २६, उदयपुर र बारामा २५/२५ जना, ताप्लेजुङमा २२ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै रूकुम पश्चिममा १८, रसुवामा १६, जुम्लामा १५, सर्लाही र कपिलवस्तुमा १४/१४ जना, म्याग्दीमा १२, बर्दियामा ११, सोलुखुम्बु र रोल्पामा १०/१० जना, कैलालीमा ९, ओखलढुंगामा ७, मकवानपुरमा ५ जनामा कोरोना संक्रमित थपिएका छन् ।
भोजपुर र प्युठानमा ४/४ जना, खोटाङ र बागलुङमा २/२ जना तथा पाँचथर र संखुवासभा, मुस्ताङ, कालिकोट, मुगु र हुम्लामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।