चिनबाट नेपाल एयरलाइन्सले ल्यायो ४०० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ बैशाख

नेपालमा अक्सिजन सिलिन्डरको हाहाकार भईरहेको अबस्थामा मँगलबार दिउँसो चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर काठमाडौं आईपुगेको छ । नेपाल एयरलाइन्सको जहाजले चीनबाट सो सिलिन्डर काठमाडौं ल्याएको हो ।

सोे जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलले बताएका छन् । चीन सरकारले नेपाललाई अनुदानमा २० हजार अक्सिजन सिलिन्डर दिएको छ । जस मध्ये ४ सय सिलिन्डर आज आईपुगेको हो ।

बाँकी सिलिन्डर पनि क्रमस ल्याईने पनि पौडेलले बताएका छन् । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् ।