ब्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख
प्रधानमन्त्री केपी शर्मा ओली सँसदबाट विश्वासको मत पाउन असफल भएका छन् । उनले विश्वासको मत नपाएपछि ओली सरकार यतीबेला अल्पमतमा परेको छ । यो सँगै ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । नेकपा एमालेका सरकार ढलेको छ ।
सोमबार अपरान्ह सँसदमा भएको विश्वासको मत लिने क्रममा प्रधानमन्त्री ओलीमाथि विश्वासको मत गुमेको हो । सोमबार प्रतिनिधि सभामा २३२ जना साँसदको उपस्थिति थियो । जसमध्यबाट ओलीको पक्षमा ९३ मत मात्र प्राप्त भएको छ । सोही सभामा ओलीको विपक्षमा १२४ मत प्राप्त भएको छ । यस्तै टठस्थमा १५ मत प्राप्त भएको छ । यसरी ओलीले जम्मा ९३ मात मात्र सँसदबाट प्राप्त गरेका छन् । सो मत सरकारका लागि बहुमत नभएकोले ओलीको प्रस्ताव अस्विकृत भएको छ । प्रधानमन्त्री ओलीलाई बहुमतको सरकारका लागि आबस्यक मत सो क्रममा प्राप्त भएन ।
आफ्नो पार्टीका माधव कुमार नेपाल पक्षधरका साँसदहरु सँसदमा उपस्थित नभएपछि पनि प्रधानमन्त्री ओलीलाई ठुलो घाटा लागेको हो । यसरी उनले सँसदबाट विश्वासको मत पाउन नसकेपछि उनको सरकार यतीबेला कामचलाउनु सावित भएको छ । नेकपा एमालेका सरकार ढलेको छ ।
संसदमा ओलीको सरकारको विपक्षमा नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा) उपेन्द्र यादप पक्ष, जनमोर्चा पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतले मतदान गरे । जसबाट १२४ मत प्राप्त भएको हो । जनता समाजबादी पार्टी महन्थ ठाकुर पक्षधरका साँसदहरु पनि तठस्थ रहे । उनीहरुले तठस्थमा १५ भोट गरे । यसरी सँसदमा भएको विश्वासको मत तर्फको मतदानमा यी पार्टीहरुले प्रधानमन्त्री ओलीको सरकार प्रति विश्वास छैन भनेर मतदान गरेपछि प्रधानमन्त्री ओलीले सँसदबाट विश्वासको मत नपाएका हुन् ।