ब्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख
यतीबेला जारी संसदमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपष कतै पनि विश्वासको मत नदिने बताएका छन् । सोमबार सँसदमा बोल्दै उनले यस्तो भनाई राखेका हुन् ।
आफुहरुको माग सरकारले अहिलेसम्म पुरा नगरेका कारण तठस्त बस्नु परेको उनले बताएका छन् । रेशम चौधरी सहित आफ्ना साँसद अझै राजनीतिक मुद्धामा जेलमा भएको, धेरै नेताहरुलाई विभिन्न आरोप लगाएकाले तारिखमा धाउन बाध्य भएको, कैयौं मेयर बिरुद्ध राजनीतिक मुद्धा परेको उनले बताएका छन् । यस्ता धेरै कारणले अहिलेको सरकारलाई विश्वासको मत दिन आफ्नो पार्टीले नसक्ने उनले बताए ।
को पक्ष र विपक्ष कतैपनि नलाग्ने बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिने बताए । अहिलेको सँविधान त्रुटीपूर्ण भएको र यसलाई सरकारले सच्याउन नचाहेको आरोप उनले लगाए । यस्तो अबस्थामा आफ्नो पार्टीले प्रधानमन्त्रीको विपक्षमा पनि मत नदिने उनले सँसदमा बताएका छन् ।