दाहालले भने,‘ओलीकै कारण कोरोनाको दोश्रो लहरको महामारी फैलिएको हो’


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख

अहिलेको दोश्रो लहरको कोरोना सँक्रमण बिकराल रुपमा फैलिनु यसले यती चाँडै महामारीको रुपमा लिनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि ठुलो हात रहेको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । सोमबार दिउँसो सँसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यक्रममा सम्बोधन गर्दै दाहालले यस्तो आरोप लगाएका हुन् ।

कोरोनाको दोश्रो लहर सुरु भईसकेको अबस्थामा चितवनमा प्रधानमन्त्री ओलीले हजारौ कार्यकर्ता जम्मा गरेर रथयात्रा गरेको र। तयसमा धेरैलाई कोरोना भएको आरोप उनले लगाए । कोरोनाको महामारी फैलिरहेको बेला प्रधानमन्त्री ओली धेरै वटा कार्यक्रम गराएर त्यसको उद्घाटनमा गएको, ठुला ठुलो सभा समारोह गरेको कारण पनि कोरोनाको यो लहर बढेको पनि दाहालले सँसदमा जिकिर गरे । मुलुकका कैयौं शहरलाई स्मार्ट सिटी बनाउन घोषणा गर्दा प्रधानमन्त्री ओलीले भरतपुरलाई पुष्पकमलकै क्षेत्र भएको कारण स्मार्ट सिटी नबनाएको पनि दाहालले सँसदमा जिकिर गरे ।

उनले प्रधानमन्त्रीले आफुलाई मतदान गरेपनि बाँकी सबैले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेर एउटा इतिहाँस बनाउँ भन्दै सँसदमा अपिल गरेका छन् ।