ओलीले कुन नैतिकताले विश्वासको मत लिन लागेको भन्ने दाहालको प्रश्न


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीका कारण यतीबेला सँविधान मै कोरोना लागेको पूूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले बताएका छन् । ओलीले नै बाम गठबन्धन र मुलुकको स्थायित्वलाई फुटाएर देशलाई तहस तहस पार्ने काम गरेको पनि दाहालले बताए । सोमबार संसदमा बोल्दै पूर्व प्रधानमन्त्री दाहालले हिजोका दिनमा आफुले कम्युनिष्ट एकताको लागि ठुलो पहल गरेको र ओलीकै कारण अहिलेको अबस्था आएको बताए । आफुहरुसँगको इगोले संसद नै बिगठन गर्नु नै ओलीको सबैभन्दा ठुलो गल्ती भएको उनले बताएका छन् । आफुहरुलाई सँसदबाट मार्ने काम गरेको तर अदालतले आफुहरुलाई बचाएको उनले बताए । प्रधानमन्त्री ओलीले आफुहरुलाई त्यतिबेला मार्न खोजे पनि आफुहरु जिवित रहेको उनले बताए ।

आफुले बिगठन गरेको सँसदमा आज विश्वासको मत माग्नु नैतिकता नभएको उनले बताए । अदालतको फैसला आउँदा पनि प्रधानमन्त्री ओलीले त्यो फेसला नमानेको र सँसदलाई फेरी बिगठन तर्फ जान विश्वासको मत लिन चाहेको पनि दाहालले बताए ।

अदालतको निर्णय आएको ३० दिन भित्र विश्वासको मत लिनु पर्नेमा उनले यती धेरै समय ढिला गर्नुमा ओलीले पुन सँसद भँग गरेर मध्यावधीमा जान चाहेको पनि पुर्व प्रधानमन्त्री दाहालले सँसदमा बताएका छन् । प्रधानमन्त्री ओलीले सँसद बिगटन गरेर चुनावमा जान्छन भन्ने स्थिति देखेर नै यस अघि आफुहरुले सरकारको समर्थन फिर्ता नलिएको बताए । ओलीको विश्वासको मत लिने आजको कार्यक्रमलाई दाहालले नाटकको उपमा दिएका छन् । प्रधानमन्त्री ओलीमाथि सबैजना अहिले ससँकित रहेको पनि उनले बताए ।