ब्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख
अबको केही क्षणमै प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन र विपक्षमा मतदान हुँदैछ । तर दुर्भाग्य उनकै पार्टीका माधव कुमार नेपाल पक्षधरहरु संसदमा उनको मसर्थनमा छैनन् । यस्तो बेलामा नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी समेत विपक्षमा छन् । तथापि केही क्षण अघि सँसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । आफ्नो सरकारले यो तीन वर्षमा जनताको पक्षमा धेरै काम गरेको दाबी समेत गरेका छन् । सोही कारण आफ्नो सकारले निरन्तरता पाउने उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले संसदमा यसो भनिरहँदा उनका विपक्षीहरु कुटिल मुस्कान पोख्दै हाँसिरहेका थिए । तथापि प्रधानमन्त्री ओलीले भने, ‘मैले विश्वास लिएको छु कि मान्यज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन, कसरी सही गर्न सक्नुहुन्छ सभामुख महोदय ?’ । उनले त्यसो भन्दा एमाले सांसदले टेबुल ठटाउँदै हुटिङ गरेका थिए । ‘बाहिरबाट आउँदा अली दिन फोन नगर्दा फोन पनि गर्दैन प्रधानमन्त्रीले भन्ने असन्तुष्टि थियो कि ? त्यो पनि छाडिदिनुस् । म काममै लागेर त्यस्तो भएको हो। मेरो कसैप्रति पूर्वाग्रह छैन।’
यसैबीच पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै कारणले ओलीले यतीबेला सँसदमा विश्वासको मत गुमाउने अबस्था आएको बताएका छन् । प्रधानमन्त्री ओलीले धेरै आनबस्यक सपना बाँढेर जनतालाई भ्रममा पारेर जनताप्रति विश्वास गुमाएको पनि बताएका छन् । यस्तो अबस्थामा उनले बिपक्षी सबैलाई एकजुट भएर प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न पनि अपिल गरेका छन् ।