कुलेश्वर योङ ग्रुपले ६० सिलिन्डर अक्सिजन वितरण गर्दै


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ बैशाख

काठमाडौं उपत्यकामा अक्सिन र अक्सिजन सिलिन्डर अभाव भईरहेको बेला कुलेश्वर योङ ग्रुपले ६० वटा अक्सिजन सिलिन्डर सँकलन गरेको छ । यो ग्रुपका सँयोजक एवम् कोरियोग्राफर धिरज तण्डुकार र उनका साथीहरुको नेतृत्वमा काठमाडौंका विभिन्न कवाड खानाबाट शनिबार र आईतबार ६० वटा सिलिन्डर सँकलन गरिएको हो । स्वास्थ्य मन्त्रालयको अनुमति र सहयोग लिएर आफुहरुले ती सिलिन्डर सँलकन गरेको धिरजले बताए ।

यो ग्रुपका धिरज सहित दीपेन्द्र केसी, दीपेन्द्र श्रेष्ठ, सानुराजा महर्जत सहितको टिमले यी सबै सिलिन्डरमा अक्सिन भर्न अक्सिजन कारखानामा पुर्याईसकेका छन् । सोमबार सबै सिलिन्डर भरिसक्ने उनीहरुले बताए । कतीपय परिवारलाई नै कोभिड भएको र अस्पतालमा बेड नपाएर होम आईसोलेसनमा बस्दा अक्सिजनको अभाव भएकाहरुलाई पनि आफुहरुले सहयोग गर्ने समेत धिरजले बताएका छन् ।

यस्तै काठमाडौं उपत्यकाका अक्सिन अभाव भएका सरकारी अस्पतालमा आफुहरुले यो सिलिन्डर प्रदान गर्ने पनि धिरजले बताएका छन् । काठमाडौंको टिचिङलगायत विभिन्न अस्पतालको परिसरमा अक्सिजनको अभावले आईतबार बिरामी छट्पटाएको देखेपछि आफुहरुले सोमबार यो सिलिन्डर उनीहरुका लागि पुर्याउने पनि धिरजले बताए । आफुहरुले खाली सिलिन्डरको खोजी अझै जारी राखेको र त्यस्ता सिलिन्डर भरेर विरामीसम्म पुर्याउने काम पनि गरेको धिरजले बताए ।