ब्युटी न्युज नेपाल
काठमाडौं, १६ बैशाख
चलचित्र विकास बोर्डको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक अभिनेत्री बसुन्धरा भुसालले चार लाख भन्दा बढी थप रकम जम्मा गरेकी छिन् । योसँगै कोषमा रकम चार करोड नाघेको छ ।
व्यक्तिगत घुमघामका लागि अमेरिका पुग्दा उनले त्यहाँ चार लाख भन्दा बढी रकम जम्मा गरेकी हुन् । बुधवार भुसालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई ३ लाख बिस हजार बढि रकम हस्तानतरण गरेकी हुन् । उनले अमेरिकामा रहेका कलाकार तथा चलचित्रकर्मी र नेपालीहरुसंग सहयोग संकलन गरेकी थिइन् ।
अमेरिका बाल्टिमोरमावासी बरिष्ठ लोक गायक प्रेम राजा महतबाट १ लाख तीन हजार दुई सय, कलाकार पुजा आर लामा र राजु लामाबाट २४ हजार एक सय बिस, कलाकार सारँगा श्रेष्ठबाट २४ हजार एक सय बिस, कलाकार सबिता अधिकारीले १२ हजार ६ सय दिएका थिए । यस्तै दिव्य चन्दबाट १२ हजार एक सय बिस, कलाकार अरुणिमा लमसालबाट १२ हजार एक सय बिस, कलाकार दिलिप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार एक सय बिस, कलाकार रञ्जना शर्माबाट १२ हजार एक सय बिस, कलाकार मुकेश आचार्यबाट १२ हजार एक सय बिस, सुरेश श्रेष्ठबाट १२ हजार एक सय बिस, कलाकार राधा शर्मा (भावु)बाट ६ हजार एक सय बिस, भेष पोखरेलबाट ६ हजार एक सय बिस, अमेरिका न्युजर्सिवासी प्रकाश शर्मा र करुणा शर्माबाट २४ हजार एक सय बिस, अमेरिका बोस्टनवासी संचिता थापाबाट २४ हजार एक सय बिस, सदिक्षा अधिकारीबाट ७ हजार दुई सय, अमेरिका न्युयोर्कवासी डाक्टर रबिन राईबाट १२ हजार एक सय बिस गरि ३ लाख १६ हजार पाँच सय ६० रुपैयाँ सहयोग संकलन भएको थियो । यसमा नपुग केही रकम बसुन्धरा भुसाल र चेत नारायण भुसाल परिवारले थपेका छन् ।
गत अप्रिल ३ तारिक पुजा चन्दले आफ्नै घरमा सबैलाई जमघट गर्दा सहयोग अपिल गरिएको थियो । जसका लागि प्रकाश शर्मा र गायक राजु लामाले सहयोग गरेका थिए ।