ब्युटी न्युज नेपाल
काठमाडौं, २५ असोज
विश्वव्यापी रुपमा महामारी बनिरहेको कोरोना भाइरस कोभिड १९ संक्रमणबाट यो साता विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ ।गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझसम्म युएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका विदेशमा विगत ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझ सम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन् । ती मध्ये ३६ हजार ६ सय ७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् । संक्रमित नेपाली मध्य ८९ प्रतिशत कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।