आज ९०२ जनामा कोरोना, सँक्रमित ४८ हजार नाघे, थप ६ को निधन,


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ भदौ,

नेपालमा आज मँगलबार ९०२ जनामा कोरोना (कोभिड १९)को सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न ल्याबमा गरिएको १० हजार ६११ जनाको पिसिआर परिक्षणमा ९०२ जनामा कोरोना देखिएको हो । यो सँगै नेपालमा हालसम्म जम्मा ४८ हजार १३८ जनामा कोरोना सँक्रमण भईसकेको पनि डा. गौतमले बताए ।

काठमाडौं उपत्यकामा ३९६ सँक्रमित
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३९६ जना कोरोना सँक्रमित पुष्टी भएका छन् । जसमा काठमाडौंमा ३०० जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ५८ जना सँक्रमित भएको पनि डा.गौतमले बताएका छन् ।

१४८६८ जना आईसोलेसनमा
यतीबेला देशका विभिन्न आईसोलेसन सेन्टरमा १४ हजार ८६८ जना उपचाररत रहेको पनि डा. गौतमले बताए । यस्तै विभिन्न क्वारेन्टाईनमा आज ५ हजार ३१० जना रहेका छन् ।

२२८७ जना डिस्चार्ज
कोरोनालाई जितेर पछिल्लो २४ घन्टामा देशभरका विभिन्न आईसोलेसन सेन्टरबाट २ हजार २८७ जना डिस्चार्ज भएको पनि डा. गौतमले बताएका छन् । यो सँगै हालसम्म कोरोनालाई जितेर नेपालमा ३२ हजार ९६४ जना डिस्चार्ज भईसकेका छन् ।

थप ६ जनाको मृत्यु
यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जसमा ५ पुरुष र १ महिला रहेको छन् । मृतक पुरुषमा सुनसरीका १, पर्साका २, काठमाडौंका १ र कपिलबस्तुका १ जना रहेका छन् । मृतक १ महिला काठमाडौंकी हुन् । योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३०६ जना पुगेको पनि डा. गौतमले बताएका छन् ।