ब्युटी न्युज नेपाल
काठमाडौं, १३ भदौ
आज शनिबार नेपालमा ८८४ जनामा कोरोना सँक्रमण (कोभिड १९) को सँक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा मुलुकभर ११ हजार ५१६ जनाको पिसिआर गर्दा ८८४ जनामा कोरोना सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आज काठमाडौं उपत्यकामा १८६ जनामा कोरोना सँक्रमण देखिएको छ । जसमा काठमाडौंमा १५५ जनामा, ललितपुरमा १९ जना र भक्तपुरमा १२ जनामा कोरोना देखिएको पनि डा. गौतमले बताए । शुक्रबारको तुलनामा आज शनिबार काठमाडौं उपत्यकामा सँक्रमण सँख्या कम देखिएको छ । योसँगै हालसम्म ३७ हजार ३४० जनामा कोरोना सँक्रमण भईसकेको पनि डा. गौतमले बताए ।
पछिल्लो २४ घन्टामा देशभरबाट ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म २० हजार ५५५ जना कोरोना मुुक्त भईसकेको पनि डा. गौतमले बताए ।
यतीबेला मुलुकभरका आईसोलेसन सेन्टरमा १६ हजार ५७८ जना उपचाररत रहेको पनि डा. गौतमले बताए । यस्तै डा. गौतमका अनुसार अहिले देशभरका क्वारेन्टाईमा ८ हजार ३५ जना रहेका छन् ।
यस्तै आज १२ जनाको कोरोना सँक्रमणबाट निधन भएको छ । जसमा ३ महिला र ९ जना पुरुष छन् । महिलामा पल्पा, काठमाडौं र भक्तपुरका १ १ जना रहेको छ । यस्तै मृतक पुरुषमा पर्साका २ जना, ललितपुरका २ जना, सिराहा, गोखरा, काँस्की, काठमाडौं र भक्तपुरका १ १ जना रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या २०७ जना पुगेको पनि डा. गौतमले बताएका छन् ।