आज ९२७ जनामा कोरोना, २४ घन्टामा १२ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ भदौ

नेपालमा आज शुक्रबार ९२७ जनामा कोरोना सँक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा देशभरका ल्याबमा १० हजार २२९ जनाको गरिएको पिसिआर परिक्षणमा ९२७ जनामा कोरोना देखिएको स्वस्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

आज काठमाडौं उपत्याका ४१६ जनामा कोरोना देखिएको छ । जसमा काठमाडौंमा ३५० जना ललितपुरमा ११ जना र भक्तपुरमा ५४ जनामा कोरोना पुष्टी भएको डा. गौतमले बताए । यो सँगै हालसम्म नेपालमा ३६ हवार ४५६ जना कोरोना भाईरस सँक्रमित भएको पनि डा. गौतमले बताए ।

यतीबेला मुलुकभर १६ हजार १९ जना आईसोलेसनमा रहेको पनि डा. गौतमले बताएका छन् । आज देशभर १७९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म २० हजार २४२ जना कोरोना मुक्त भएर घर फर्किसकेको पनि डा. गौतमले बताएका छन् ।

यस्तै यतीबेला ८ हजार ९३९ जना क्वारेन्टाईनमा रहेको पनि डा. गौतमले बताए । उनका कोरोना बढेपछि उपचारका लागि ३ हजार २४५ बेड आजबाट देशभर कोरोनाको लागि थप गरिएको पनि डा. गौतमले बताएका छन् ।

पछिल्लो २४ घन्टमा कोरोना सँक्रमणबाट १२ जनाको ज्यान गएको छ ।जसमा महिला ४ जना र पुरुष ८ जना छन् । मोरँगकी २ महिला, भत्तपुरकी १, मकवानपुरकी १ महिलाको निधन भएको छ । यस्तै मृत्यु हुने पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिराहा, झापा, चितवना, काँस्की, रुपन्देहीका १/१ जना रहेको छन् । यो सँगै कोरोना सँक्रमणबाट नेपालमा १९५ जनाको ज्यान गईसकेको डा. गौतमले बताए ।