ब्युटी न्युज नेपाल
काठमाडौं, १० भदौ
नेपालमा आज बुधबार देशभर ८८५ जनामा कोरोना सँक्रमण देखिएको छ । फेरी कोरोना बढेको छ । पछिल्लो २४ घन्टामा देशभर १३ हजार २५३ जनाको पिसिआर परिक्षण गर्दा ८८५ जनामा कोरोना सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
काठमाडौं उपत्यकामा ३०१ जनामा सँक्रमण
जसमध्य काठमाडौं उपत्यकामा ३०१ जनामा सँक्रमण देखिएको छ । जसमा काठमाडौंमा २३० जनामा, ललितपुरमा ४७ जनामा र भक्तपुरमा २४ जनामा पछिल्लो २४ घन्टामा कोरोना भएको हो ।
सर्लाहीका १२० जना, सुनसरीका ५५, धनुषाका ४३, चितवनका ४२, कैलालीका २९, बाराका २४, लमजुङका २३, प्युठानका २२, काभ्रेका २१, रौतहट र अछामका २०/२० जना, रुकुमका १९, महोत्तरी र मकवानपुरका १८/१८ जना, झापा र दाङका १६/१६ जना, मोरङका १३ जनामा संक्रमण पुष्टि भएको छ ।
तेह्रथुमका ८ जना, नवलपुर र सुर्खेतका ७/७ जना, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४/४ जना, सिराहाका ३ जना, दोलखा, धादिङ, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २/२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख र सल्यानका १/१ जनामा पनि संक्रमण देखिएको डा. जागेश्वर गौतमले बताए । यो सँगै ३४ हजार ४१८ जना हालसम्म नेपालमा सँक्रमित भएका छन् ।
यतीबेला १४ हजार ७३९ जना आईसोलेसनमा रहेको पनि डा. गौतमले बताए । यस्तै देशभर पछिल्लो २४ घन्टामा ३८५ जना कोरोना सँक्रमण मुक्त भएर घर फर्किएको पनि डा. गौतमले जानकारी गराए । यस्तै ९ हजार ८३२ जना यतीबेला विभिन्न क्वारेन्टाईनमा छन् ।
११ जनाको निधन
यस्तै पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट ११ जनाको निधन भएको पनि डा. गौतमले बताएका छन् । जसमा मोरङ र भक्तपुरका १÷१ जना महिला रहेका छन् । अरु ९ जना मृतक पुरुषहरुमा कलालीका २ जना, महोत्तरीका ३ जना, बाँकेका १ जना, काठमाडौका १ जना, बाराका २ जना रहेका छन् । यो सँगै मृतकको सँख्या १७५ जना पुगेको छ ।